जनता टाइम्स

२९ आश्विन २०७९, शनिबार १५:५०

लाकुरीभञ्ज्याङको रिसोर्टमा पुगे ओली, घोषणा पत्र तयार हुँदै (तस्बिरहरू)


काठमाडौं, २९ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने संसदीय चुनावका लागि पार्टीको घोषणा पत्र लेख्न ललितपुरको लाकुरीभञ्ज्याङ पुग्नुभएको छ । आज उहाँ एमालेका केही नेताहरूसहित लाकुरीभञ्ज्याङको एउटा रिसोर्टमा पुग्नुभएको हो ।

लाँकुरी भञ्ज्याङ्गस्थित द टेरेसेस रिसोर्टमा अध्यक्ष ओलीले पिङसमेत खेलेर मनोरञ्जन गर्नुभएको छ । उहाँले घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरेको सचिवालयले जनाएको छ ।