जनता टाइम्स

३० आश्विन २०७९, आईतवार १०:४४

सत्यमोहनको निधनबाट बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुम्यो : ओली


काठमाडौं, असोज ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधन प्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ओलीले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताउनु भएको छ ।

‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभएको छ, ‘अलविदा शताब्दी पुरुष हार्दिक श्रद्धासुमन परिवारजनमा गहिरो समवेदना ।’

उपचारको क्रममा ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज विहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो । जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो ।