जनता टाइम्स

३० आश्विन २०७९, आईतवार १७:२६

माओवादीका अध्यक्ष नै एमाले प्रवेश


रामेछाप असोज ३० । नेकपा माओवादी केन्द्रका उमाकुण्ड गाउँ पालिका–६ नं वडा कमिटी अध्यक्ष ललितबहादुर सुनुवार एमाले प्रवेश गर्नुभएको छ ।

माओवादी कम्युनिष्ट आन्दोलन र मुलुककै बिरुद्धमा उभिएको भन्दै उहाँ आज एमाले प्रवेश गर्नुभएको हो । एमाले केन्द्रीय सदस्य रामेछाप जिल्ला इञ्चार्ज तथा प्रतिनिधि सभाका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले उहाँलाई आइतबार पार्टीमा स्वागत गर्नुभयो ।

यसैगरी उमाकुण्ड गाउँपालिका वडा नं ३ कुभुकास्थलिका गाउँपालिका सदस्य अनिलकुमार बस्नेत पनि पार्टीमा प्रवेश गर्नुभएको छ ।उहाँहरूलाई स्वागत गर्ने कार्यक्रममा एमालेको तर्फबाट प्रदेश सभा क का उम्मेदवार शान्तिप्रसाद पौडेल लगाएका नेताहरूको सहभागिता रहेको थियो ।