जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १३:२२

सयपत्री हाइड्रोपावरको सेयर कारोबार सुरु


काठमाडौं, ३१ असोज । सयपत्री हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ । सयपत्रीको पहिलो कारोबार १९४ रुपैयाँ ८० पैसामा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले सयपत्रीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको थियो ।

सोही रेन्जको अधिकतम विन्दुबाट सेयर कारोबार खुला भएको हो । सयपत्रीको चुक्ता पुँजीका आधारमा कायम ३० लाख कित्ता सेयर सूचीकृत भएको थियो । यसअघि आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार खुला हुन सकेकोे थिए । ‘एसपीएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो ।