जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार ११:२०

आज नेप्से बन्द, सेयर कारोबार नहुने


काठमाडौं, १ कात्तिक । सेयर बजार आज बन्द हुने भएको छ ।

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २।६१ अंकले घटेर १८५८।३३ विन्दुमा अडिएको छ ।