जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार १८:३२

बालकृष्ण–भरत जिताउने अठोटसहित एमाले प्रवेश गरे दोलखाका दर्जन बढी नेता-कार्यकर्ता


दोलखा, कात्तिक १ । भीमेश्वर नगरपालिका २ तिखातलका राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय एक दर्जन भन्दा बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।

आज तिखातल टोल कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा एमालेका नेता एवं प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले उहाँहरुलाई एमालेमा प्रवेश गराउनु भएको हो।

प्रवेश गर्नेमा ओमराज श्रेष्ठ, तीर्थमाया ठकुरी, निरुमाया क्षेत्रीलगायत रहनु भएको छ। कार्यक्रममा एमाले दोलखाका नेताहरु डबल पाण्डे, राजेन्द्र मानन्धर, हरिवंश चौलागाई लगायतको उपस्थिति रहेको थियो।

नेकपा एमालेले मात्रै समृद्ध दोलखा निर्माणको नेतृत्व लिन सक्ने भएकोले आफूहरु एमालेका उम्मेदवार जिताउन पार्टी प्रवेश गरेको उहाँहरुको भनाई छ ।

प्रतिनिधिसभामा शिवाकोटी र दोलखाको क्षेत्र नम्बर ख मा भरतबहादुर केसी एमाले उम्मेदवार हुनुहुन्छ । तिखातल क्षेत्र नम्बर ख अन्तर्गत रहेको छ ।