काठमाडौं, १ कात्तिक । नेकपा एमालेले बागमती प्रदेश निर्वाचन अनुगमन समिति गठन गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश संगठन इन्चार्ज काशीनाथ अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको हो । समितिमा पार्टी केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य महेन्द्रबहादुर पाण्डे र डोरमणि पौडेल रहनुभएको छ ।
यस्तै, उम्मेदवारहरूलाई विजयी बनाउन आवश्यक योजना, कार्यक्रम, सुरक्षा व्यवस्था, प्रचारप्रसारसम्बन्धी समग्र निर्वाचनको व्यवस्थापन एवं समन्वय गर्न बागमती प्रदेश संगठन कमिटीका सह–इन्चार्ज आनन्दप्रसाद पोखरेलको संयोजकत्वमा निर्वाचन समन्वय समिति पनि गठन गरेको छ । बागमती प्रदेशमा ३३ प्रतिनिधि सभा र ६६ प्रदेशसभा रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्