दोलखा, कार्तिक २ ।आगामी मंसीर ४ मा हुने निर्वाचनलाइ लक्षित गरी नेकपा एमाले दोलखाले चुनावलक्षित घरदैलो कार्यक्रमलाई तीव्रबनाएको छ । यस अन्तर्गत आज भीमेश्वर नगरपालिकाको वडा नं. २ राम्पामा घरदैलो कार्यक्रम आयोजना गरिएको छ ।
घरदैलोका क्रममा स्थानीयहरुले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा ध्यान दिन उम्मेदवारसँग आग्रह गरेका छन् ।स्थानीयहरुले उठाएका सवालमा आफू निरन्तर लागि पर्ने नेकपा एमाले प्रतिनिधी सभा उम्मेदवार उम्मेदवार वालकृष्ण शिवाकोटीलेप्रतिवद्धता जनाउनु भयो ।
सो अवसरमा स्थानीयले राम्पा दिलढुंगा सडकको अवस्था सुधारको माग गरेका छन् । पहिला सडकको सुरुवात पनि एमालेले गरेको रयसलाई सम्पन्न गर्न पनि एमालेले मात्र सक्ने स्थानीयहरुको भनाइ छ । सुखदुखको पार्टी एमालेलाई सूर्य चिन्हमा मतदान गरी विजयीगराउने स्थानीयले प्रतिवद्धता व्यक्त गरेका छन् ।
घरदैलोमा प्रतिनिधी सभाका उम्मेदवार वालकृष्ण शिवाकोटी, नेकपा एमाले दोलखाका उपाध्यक्ष एवं भीमेश्वर नगरपालिकाका निर्वाचनकमाण्डर राजेन्द्र मानन्धर, पूर्व जिसस प्रमुख तथा दोलखा प्रदेश ख निर्वाचन परिचालन कमिटी संयोजक डबल पाण्डे, जिल्ला कमिटीसदस्य मेनुका सुवेदी लगायत अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको पत्रकार फुर्वा तामाङले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्