काठमाडौं, कात्तिक २ । नेकपा एमाले नेता एवं काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार किरण पौडेल अहिले जनताको घर दैलोमा ब्यस्त हुनुहुन्छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएका पौडेल जनताको घरदैलोमा पुगेर उहाँहरूको समस्या र गुनासो सुन्दै हुनुहुन्छ ।
स्थानीको घर घरमा पुग्नुभएका पौडेललाई काठमाडौंबासीले मनदेखि स्वागत गरेका छन् । उहाँसँगै मतदाताहरूले आत्मीयता साटिरहेका छन् । एमाले भित्र स्वच्छ छविका शालीन नेताको रूपमा परिचित पौडेल भिजन भएको नेताको रुपमा चिनिनुहुन्छ ।
विकासमा स्पष्ट धारण भएका पैडेल नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघको अध्यक्ष पनि हुनुहुन्छ । शिक्षा, स्वास्थ्य, उद्योग,कलकारखाना, रोजगार ग्यारेन्टी सहितको शिक्षा उँहाँको मुख्य एजेन्डा रहेको छ ।













प्रतिक्रिया दिनुहोस्