जनता टाइम्स

२ कार्तिक २०७९, बुधबार १५:०९

काठमाडौं उपत्यकासहित बागमति प्रदेशमा भूकम्पको धक्का महसुस, सिन्धुपाल्चोक केन्द्रबिन्दु


काठमाडौं लगायत बागमति प्रदेशभर भूकम्पको धक्का महसुस भएको छ । आज ३ बजेर ७ मिनेट जाँदा अघि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोशीबाट १७ किलोमिटरको दुरीमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पबाट नेपालसहित भारत र चीनमा समेत धक्का महसुस गरिएको छ ।