जनता टाइम्स

३ कार्तिक २०७९, बिहीबार १५:२८

तोलामा एक सय रुपैयाँ घट्यो सुन


काठमाडौं, ३ कात्तिक । सुनको मूल्यमा प्रतितोला सय रुपैयाँले गिरावट आएको छ । नेपाली बजारमा आज प्रतितोला ९३ हजार रुपैयाँमा सुन बिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९३ हजार एक सय रुपैयाँले सुनको मूल्य कायम भएको छ ।

हिजोमात्रै सुनको मूल्य ९३ हजार दुई सय रुपैयाँले कारोबार भएको थियो । साथै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी एक हजार एक सय रुपैयाँ तोलमा कारोबार भएको थियो ।