काठमाडौं, कात्तिक ४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दै हुनुहुन्छ ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिन लाग्नुभएको हो । ओलीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनको सचिवालयले जनाएको छ । ‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ ओलीले भन्नुभएको छ । धेरै सहभागिता भएको भन्दै बिहीबार दिउँसो १२ बजेपछि नाम टिप्न बन्द गरिएको थियो ।
नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मंगलबार अनुरोध गर्नुभएको थियो ।
संसदीय चुनाव नजिकिँदै जाँदा ओलीले चुनावी अभियान तीव्र पार्नुभएको छ । केही दिन अघि मात्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई खुला डिभेटका लागि आह्वान गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्