जनता टाइम्स

४ कार्तिक २०७९, शुक्रबार १३:०४

एमाले उम्मेदवार बालकृष्णलाई वृद्धाबृद्धाको आशिर्वाद


दोलखा, कात्तिक ४ । नेकपा एमाले प्रतिनिधी सभा उम्मेदवार वालकृष्ण शिवाकोटीलाई ९२ वर्षीय वृद्धाले विजयको शुभकामना दिनुभएको छ । उम्मेदवार शिवाकोटीसहितको टोलीले आज भीमेश्वर नगरपालिकाको वडा नं. ७ उखुबारीमा गरेको घरदैलोका क्रममा ९२ वर्षिय इन्दिरादेवी कार्कीले माला लगाएर विजयका लागि आशिर्वाद दिनुभयो । उहाँले वृद्धवृद्धालाई सम्मान गर्ने तथा वृद्ध भत्ता सुरु गर्ने पार्टी नेकपा एमाले भएको कारण एमालेले जित हासिल गर्नुपर्ने वताउनुभयो ।

भेटघाटका क्रममा स्थानीयले विद्यालयमा दरवन्दीअनुसारका शिक्षक हुनुपर्ने, स्थानीय सडकहरुलाई वजेट व्यवस्था गरीनुपर्ने लगायतका सवाल उठाएका थिए । स्थानीयका सवालहरु सम्वोधन हुने उम्मेदवारले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर दोलखामा उम्मेदवारहरुले घरदैलो तथा भेटघाटलाई तिव्र वनाएका छन् । जिल्लाका गाउँटोलमा अहिले अगुवा कार्यकर्ता प्रशिक्षण, घरदैलो, भेटघाट लगायतका गतिविधीहरु भइरहेका छन् ।

घरदैलो अभियानमा उम्मेदवार शिवाकोटी, एमाले दोलखा उपाध्यक्ष एवं भीमेश्वर नगरपालिका निर्वाचन कमाण्डर राजेन्द्र मानन्धर, निर्वाचन कानुनी परामर्श र व्यवस्थापन समिति संयोजक कृष्ण बस्नेत लगायतको सहभागिता रहेको पत्रकार फुर्वा तामाङले जानकारी दिनुभयो ।