जनता टाइम्स

५ कार्तिक २०७९, शनिबार ०६:२७

भियाग्रा खाएर पत्नीसँग ‘सेक्स’ गरेको दृश्य साथीलाई पठाएपछि . . .


एजेन्सी, ५ कात्तिक। पतिपत्नीबीचको सम्बन्धलाई लज्जित बनाउने एउटा घटना सार्वजनिक भएको छ । दाइजो मागेर पतिले र ससुराले महिलालाई लगातार दुर्व्यवहार गर्ने मात्र होइन पतिले यौन सम्वन्धको फोटो र भिडियो साथीलाई पठाउने गर्थे ।

यससँगै भियाग्रा सेवन गरेपछि पत्नीसँग यौन सम्वन्ध राख्ने गर्थे । यो सबै घटनामा ससुराको सहयोग थियो । जेठाजुले पनि मौका पाउदा चान्समा डान्स गरौं भन्ने दाउमा रहन्थे । । एक महिलाले पति, जेठाजु र अन्य ससुराले दाम्पत्य जीवनको पवित्र बन्धनलाई घृणित कार्य गरेर कलंकित गरेको आरोप लगाएकी छन् ।

पतिको दुःख दिने
हेडक्वार्टरका डीएसपी अभिषेक कुमारलाई निवेदन दिएर श्रीमतीले श्रीमानको घृणित कार्यको पर्दाफास गर्दै न्याय मागेकी छिन् । वास्तवमा पीडित महिला सिकन्दरा थाना क्षेत्रकी बासिन्दा हुन् । जसको विवाह तीन वर्षअघि चकैई थाना क्षेत्रको गोला गाउँका गौतम चौधरीसँग भएको थियो ।

बिहेको केही दिनसम्म सबै ठीकठाक चल्यो, त्यसपछि गौतम चौधरीलगायत सासु–ससुराले सुनको चेन, औंठी र कारको माग गर्न थाले । यी सबै सामान दिइयो। त्यसपछि चार लाख रुपैयाँ र ७२ इन्चको एलसीडी टिभीको माग हुन थाल्यो । असक्षम देखिएपछि महिलालाई घर निकाला गरिएको थियो ।

यसपछि महिला न्यायका लागि भौंतारिइ रहेकी छन् तर अहिलेसम्म न्याय पाएकी छैनन् । पति गौतम चौधरीले भियाग्रा खाएर शारीरिक सम्बन्ध राखेको पीडित महिलाले बताइन् । त्यसपछि आफ्नो साथीलाई भिडियो कल गर्थे र पूरै दृश्य देखाउँथे। अश्‍लील भिडियो बनाएर मानिसहरूलाई पठाउने गर्थे । त्यस्तो कार्यको विरोध गरेको भन्दै श्रीमतीलाई कुटपिट गरिएको थियो ।

जेठाजुले पनि दुर्व्यवहार गर्थे
जेठाजु रामचन्द्र चौधरीले पनि दुदुर्व्यवहार गर्थे । उनी पनि निरन्तर अवसरको खोजीमा हुन्थे । उजुरी गर्न महिला प्रहरी चौकी पुग्दा उजुरी दर्ता भएन र उल्टो डेढ लाख लिएर मुद्दा मिलाइदिने भनिएको थियो । जसका कारण उनी पूरै परिवारसहित कलेक्टर कार्यालय पुगिन् र डीएसपीसँग न्यायको माग गर्दै दोषी पतिलाई कारबाही गर्न माग गरिन् ।

महिलाले दाइजो मागेर कुटपिट गरेको निवेदन दिएकी छिन् । महिलाका जुनसुकै गुनासो र उजुरी भए पनि छानबिन गरी कारबाही गरिने आश्वासन दिइएको छ ।