काठमाडौं, ६ कात्तिक । आज नेप्से परिसूचक १२.८१ अंकले घटेको छ । आज नेप्से शून्य दशमलव ६९ प्रतिशतले घटेर १८४५.५१ बिन्दुमा पुगेर बन्द भएको हो । २१६ वटा धितोपत्रको ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अभियान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर ८८८ रुपैयाँमा ८० पैसामा बन्द भएको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य २३५ रुपैयाँ ६० पैसा पुगेको छ।
तिहारअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन हो । सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ । तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से एक साताका लागि बन्द रही १४ कात्तिकमा खुल्नेछ ।













प्रतिक्रिया दिनुहोस्