जनता टाइम्स

११ कार्तिक २०७९, शुक्रबार १०:३०

घरमा नै बेहोस भएका वडा अध्यक्ष रानाको निधन


गोरखा, कात्तिक ११ । नेकपा एमालेवाट निर्वाचित गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।

भाइटीकाको दिन साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार घरमा नै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि रानालाई गोरखा अस्पतालमा पुर्याइएको थियो ।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उहाँको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न नसके जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

एमाले निकट युवा संघ नेपालका केन्द्रीय समितिमा समेत रहनुभएका राना गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।