काठमाडौं, कात्तिक १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गालीगलोज नै आफ्नो मुल नीति बनाएको नेपाली कांग्रेस अन्ततः ओलीकै एजेण्डामा आइपुगेको छ ।
ओली नेतृत्वको तत्कालीन सरकारले देश सुरूङ युगमा प्रवेश गरेको घोषणा गरेको केही वर्षपछि कांग्रेस पनि सुरूङ युगमा प्रवेश गर्दै ओलीकै एजेण्डा बोकेर जनतामा जाने निश्कर्ष निकालेको हो । कांग्रेसले घोषणापत्रको कभरमै रेल कुदिरहेको तस्बीर राखेर ९ वटा सुरूङको निर्माण गर्ने महत्वपूर्ण प्रतिवद्धता जनाएको छ ।
यसअघि एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारले देश सुरूङ युगमा प्रवेश गरेको घोषणा गर्दै दश भन्दा बढी सुरूङ मार्गहरू बनाउने घोषणा गरेको थियो । त्यतिखेर ओलीको हावा गफ भनेर आलोचना गर्ने कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा भने ९ वटा सरूङ मार्ग बनाउने प्रतिवद्धता जनाएको छ । कांग्रेसले बनाउने भनेका सुरूङ मार्गहरू यसअघि नै ओली नेतृत्वको सरकारले निर्माणको घोषणा गरेर बजेट समेत विनियोजन गरिरसकेका योजनाहरू रहेका छन ।
कांग्रेसले घोषणापत्रमा उच्च प्राथमिकतामा राखेका सुरूङमार्गहरूमा टोखा–छहरे सुरूङमार्ग, नागढुंगा–सिस्नेरी सुरूङमार्ग, सिद्धबाबा सुरूङमार्ग, काठमाडौँ निजगढको सडकमा पर्ने सुरूङमार्ग, दुम्किवास–बर्दघाट सुरूङमार्ग रहेका छन ।
यस्तै माझिटार–शक्तिखोर सुरूङमार्ग, खुर्कोट–चियाबारी सुरूङमार्ग, ब्याउलिढुंगा–इमिल्चाखोला सुरूङमार्ग, सुर्खेत–रानीघाट–भुरिगाउँ सुरूङमार्ग रहेका छन ।
ओली सरकारले अघि बढाएको योजनालाई नै आफ्नो घोषणापत्रमा राखेर कांग्रेसले प्रतिवद्धता जनाएको हो ।














प्रतिक्रिया दिनुहोस्