झापा, कात्तिक १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताउनु भएको छ ।
आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको पनि अध्यक्ष ओलीले मतदाताबीच राख्नुभएको हो ।
झापाको गौरादह नगरपालिकामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकंक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताउनु भयो । हिजोका काम हेरेर अबको निर्वाचनमा नागरिकले उम्मेदवार छान्ने र मतदान गर्ने पनि ओलीको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमाले देशका लागि काम गर्ने पार्टी भएको तथ्य राख्नुभयो । यस पटकको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने पनि उहाँको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्