दोलखा, कात्तिक १५ । आगामी मंसिर ४ गते हुने प्रतिनधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेकपा एमाले दोलखका उम्मेदवारहरु यतिबेला मतदाता बिच भेटघाट र अन्तरक्रियामा व्यस्त रहेका छन् ।
चुनावको मिति नजिकिदै गर्दा जनमतलाई आफ्नो पक्षमा पार्न यतिवेला प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेश सभाका उम्मेद्धवारद्धय नरबहादुर श्रेष्ठ र भरत केसी दोलखाली नागरिकका घरदैलामा पुग्नु भएको छ ।
चुनावी प्रचार अभियानका क्रममा मतदाता पनि उत्साहित देखिएका छन् । नेकपा एमालेबाट विगतमा निर्वाचन जित्नेहरुले दोलखाको विकासमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै आगमी मंसिर चारमा हुने निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउनका लागि आफुहरु आतुर र उत्साहित रहेको मतदाताहरुले बताउने गरेका छन ।
आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले जिल्ला कमिटी दोलखाले अहिले गौरीशंर गाउँपालिका, भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकालाई केन्द्रित गरी चुनावी अभियानलाई तीब्र पारेको छ । चुनावी अभियान अन्तर्गत नेकपा एमाले दोलखाले निर्वाचनको प्रचार प्रसार, कार्यकर्ता शुभेच्छुकसँग भेटघाट र विभिन्न गतिविधि जारी रहेको नेकपा एमाले दोलखाले जनाएको छ ।
निर्वाचन अभियान अन्र्ततग आज प्रतिनिधि सभा सदस्यका उम्मेद्ध्वार बालकृष्ण शिवाकोटी सहित प्रदेश सभा क का उम्मेद्धवार नरबहादुर श्रेष्ठले गौंरीशंकर गाउँपालिको वडा नम्बर १ र २ स्थित जुँगुका कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट, प्रचार प्रसार र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी आज प्रदेश सभा ख का उम्मेद्धवार भरत केसीले कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ५ स्थित लापीलाङ र त्यस आसपासका कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट, प्रचार प्रसार र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको नेकपा एमाले दोलखाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्