जनता टाइम्स

१६ कार्तिक २०७९, बुधबार १३:३८

तीन महिनामा पौने चार अर्बको फलफुल नेपाल भित्रियो


काठमाडौं, १६ कात्तिक । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रुपैयाँको फलफुल भित्रिएको पाइएको छ ।

२०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको फलफुल नेपालमा भित्रिएको हो ।

भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रुपैयाँको फलफुल नेपालले आयात गरेको छ ।

उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रुपैयाँको १ करोड १३ लाख ७ हजार ४४६ केजी केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रुपैयाँको भुइकटहर नेपाल भित्रिएको छ ।