जनता टाइम्स

२० कार्तिक २०७५, मंगलवार ११:४६

अपरेसन गरेको बिरामी होसमा आएर चिया पिएको देख्दा आनन्द लाग्छ


जया शर्मालाई कक्षा ९ मा अध्ययन गर्दादेखि नै सेतो पहिरन लगाएर अस्पतालमा बिरामीको सेवा गर्ने रहर पलाएको थियो।

नर्स बन्नको लागि साइन्स पढ्नुपर्छ भन्ने थाहा पाएपछि मेहनतका साथ पढ्न थालिन्।

बुवा शिक्षक भएकाले पनि उनलाई सपना पूरा गर्न परिवारको साथ सदा रह्यो। बच्चैदेखिको सपना पूरा भएकाले सेतो एप्रोन लगाएर बिरामीको सेवा गर्न पाउँदा अहिले पनि उस्तै खुसी लाग्ने उनी बताउँछिन्।

हाल मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज नर्सिङ निरीक्षक हुन् उनी।

आफूलाई दुःख परेपनि बिरामीको सेवामा तल्लिन हुँदा सवै भुलिने उनी बताउँछिन् र सेवामै  रमाउँछिन्।

उनलाई २०५१ सालदेखि अहिलेसम्म सबै विभागमा बिरामीको सेवा गर्ने मौका मिलेको छ। हार्ट सर्जरीमा ओटी नर्स भएर काम गर्न पाउँदा उनलाई रमाइलो लाग्छ।