जनता टाइम्स

१६ कार्तिक २०७९, बुधबार १५:४२

मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृहमन्त्रालयको सुझाव


काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले आसन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ ।

आयोग कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृहमन्त्रालयसहित सरोकारवाला निकायले मतदानको दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सुझाव दिएको जानकारी दिनुभयो ।

तर, यसबारे आयोगले उपयुक्त निर्णय लिने उहाँले बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान आगामी ४ मंसिरमा हुँदै छ ।