बारा, १६ कात्तिक । निजगढ नगरपालिका–१ स्थित सिंगैलमा चुनावी प्रचारप्रसार गर्न हेलमेट नलगाई चलाएको मोटरसाइकलमा बारा–१ का उम्मेदवार तथा बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी आउनुभएको छ । उहाँ सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाउनुभएको थियो ।
मन्त्रीको यस्तो व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ‘ठुलाबढाुलाई नछुने हो की के हो ?’ भनेर प्रश्न गरेका छन् । निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको बाइकमा सवार भईरहदा प्रहरीले समेत उहाँलाई रोकेनन् ।













प्रतिक्रिया दिनुहोस्