मोरङ, कात्तिक १७ । उत्तरी मोरङमा माओवादी आन्दोलनका संस्थापक मानिने नेता अर्जुन आचार्य ‘सौगात’ नेकपा एमाले जिताउने अभियानमा खुल्नुभएको छ ।
नेकपाका प्रदेश कमिटी सदस्य रहिसक्नु भएका सौगात एमाले–माओवादी अलग भएपछि कतै खुल्नुभएको थिएन । माओवादी प्रदेशसभाका उम्मेद्वार कुशल लिम्बूका सहयात्री समेत रहनु भएका सौगात एमालेमा खुलेसंगै मिक्लाजुङ क्षेत्रमा माओवादीलाई ठूलो धक्का पुगेको छ । उहाँ मिक्लाजुङ ३ रतनपुरका बासिन्दा हुनुहुन्छ ।
उर्लाबारी ५ स्थित एमाले कार्यालयमा आचार्यले मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद पदका उम्मेद्वार घनश्याम खतिवडालाई विजयी गराउन आफू सक्रिय रहने प्रतिबद्धता उहाँले जनाउनु भयो । माओवादी राष्ट्रिय राजनीतिमा विघटनको प्रक्रियामा रहेको जनाउदै देशमा दुईवटा ठूला कम्युनिष्ट पार्टी हुन जरुरी नभएको पनि उहाँले बताउनु भयो ।
माओवादीको आफ्नो एजेण्डा नभएकाले कांग्रेसको पुच्छर बनेको उल्लेख गर्दै आचार्यले भन्नुभयो, ‘आगामी निर्वाचनबाट ठगबन्धनलाई बिदाई गरे मात्रै मुलुकको समृद्धिको ढोका खुल्नेछ ।’












प्रतिक्रिया दिनुहोस्