काठमाडौं, कात्तिक १७ । हुन्डी कारोबार गरेको आरोपमा काठमाडौंको न्युरोडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
३१ लाख ८१ हजार ३८५ रुपैयाँसहित तीन जनालाई न्युरोडबाट तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो।
विशालबजारको अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेशनलबाट उनीहरूलाई बुधबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नयाँ दिल्ली घर भई ठमेल बस्ने ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरी घर भई नक्साल बस्ने ६७ वर्षीय निर्मलकुमार अग्रवाल र राजस्थान घर भई ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल छन्।
हुन्डी कारोबार गरिरहेको भन्ने सूचना पाएपछि कार्यालयको टोलीले उनीहरूको निगरानी गरेको थियो।














प्रतिक्रिया दिनुहोस्