दोलखा, कात्तिक १८ । नेकपा एमाले आज औपचारिक चुनावी अभियान सुरु गरेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटी र प्रदेश सभा उम्मेदवार नर बहादुर श्रेष्ठ र भरत केसीले संयुक्त रुपमा दियो बालेर अभियानको सुरुवात गरेका हुन ।
प्रविधिको व्यापक प्रयोग गरिएको कार्यक्रममा चुनावी गित तथा भिडियोहरुको समेत सार्वजनिक गरिएको थियो । अभियान समुदघाटनमा आफ्नो भनाई राख्दै गर्दै नेकपा एमाले पोलिट्ब्युरो सदस्य एवं दोलखा प्रदेश क का चुनावी कमाण्डर पार्वत गुरुङले एमालेले विधि र पद्धतिलाई मानेर चुनावमा विजयी हासिल गर्ने बताउनुभयो ।
गठबन्धनमा रहेका दलहरु आफैं सरकारमा बसेर विधि पद्धति उल्लंघन गर्न लागेको उल्लेख गर्दै दोलखामा अव वुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं वागमती प्रदेश कमाण्डर आनन्द पोखरेलले गठबन्धनले जितेका स्थानीय तहहरुमा भद्रगोल सुरु भएको हुँदा अव एमाले पार्टीलाई जिताउनुपर्ने बताउनुभयो । ‘सम्पूर्ण दोलखा जिल्लामा विकासको अभियान चलाउन पनि एमाले पार्टीले जित्नै पर्छ,’ पोखरेलले भन्नुभयो ।
कार्यक्रममा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । एमालेको चुनावी गितमा उत्कृष्ट टिकटक बनाउनेहरुलाई सम्मान गरिने कार्यक्रममा उद्घोष गरिएको छ । कार्यक्रममा केन्द्रीय, प्रदेश र जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थिए ।














प्रतिक्रिया दिनुहोस्