काठमाडौं, २० कात्तिक । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो कारोबार दिन आज सुनको मूल्य एकैदिन १४ सय रूपैयाँले बढेको जनाएको छ । यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम थियो । त्यस्तै, आज चाँदीको मूल्यमा समेत भारी वृद्धि देखिएको छ । महासंघले आज एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ ।













प्रतिक्रिया दिनुहोस्