जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १३:०१

नुवाकोट १ मा एमालेलाई समर्थन गर्दै राप्रपा नेपालकी न्यौपानेद्वारा उम्मेदवारी फिर्ता


काठमाडौं, कात्तिक २१ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उम्मेदवारी दिनुभएकी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले आफ्नो उम्मेदवारी निस्क्रिय बनाउनु भएको छ ।

आज काठमाडौ.मा पत्रकार सम्मेलन गरेर न्यौपानेले पार्टी अध्यक्ष कमल थापाको निर्देशनमा आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको र नेकपा एमालेका उम्मेदवारलाई सर्मथन गरेको स्पष्ट पार्नुभयो ।

प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएकी सोही क्षेत्रकी न्यौपानले भन्नुभयो, ‘पार्टीका अध्यक्ष स्वयं सुर्य चिन्हबाट चुनाव लडेको हुँदा, मैले आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको निर्देशनअनुसार नुवाकोट–१ का सुर्य चिन्ह लिएर उम्मेदवारी दिएका एमालेका उम्मेदवारहरुलाई समर्थन गर्दछु ।’

उहाँले केही प्रश्न भएमा पार्टीका केन्द्रीय अध्यक्ष थापासँग जवाफ लिन पनि आग्रह गर्नुभयो ।