जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १३:१५

प्रि–ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि


काठमाडौं, २१ कात्तिक । सोमबार प्रि–ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि भएको छ । सोमबार बजार खुलेलगत्तै नेप्से ११ अंकले बढेर १९७७.०१ विन्दुमा पुगेको छ ।

बिहान ११ बजेसम्म एक सय ९८ कम्पनीका आठ लाख २७ हजार ६ सय ६८ सेयर किनबेच हुँदा ४७ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

सोमबार म्युचुअल फन्ड, लाइफ इन्स्युरेन्स र ननलाइफ इन्स्युरेन्सका परिसूचकबाहेक सबै समूह हरियाली छाएको छ । फाइनान्स परिसूचक २ अंकले वृद्धि भएको छ ।