जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १३:३२

घट्यो सुनको मूल्य


काठमाडौं, २१ कात्तिक । नेपाल सूनचाँदी व्यवसाय महासंघले सोमबार सुनचाँदीको मूल्य घटे्को छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आइतबार छापावाला सूनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १२ सय ६५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।