जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १४:१५

दोलखा कांग्रेस–माओवादी त्यागेर एमाले पवेशको लहर, आज मात्रै भित्रिए यी चर्चित युवा नेता


दोलखा, कात्तिक २१ । चुनावको मिति नजिकिदै जाँदा दोलखामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने क्रम निकै बढेको छ ।

आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन आउन दुई हप्ता बाँकी रहँदा अहिले विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताहरु धमाधम नेकपा एमालेमा प्रवेश भइरहेका छन् ।

यसैबीच आज मात्रै विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता–कार्यकता एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादीका बैतेश्वर गाउँपालिका वडा नम्बर २ का का राजु तामाङ, नेपाली कांग्रेसका कमल तामाङ लगायतका विभिन्न नेता र कार्यकर्ताहरू नेकपा एममालेमा पार्टी प्रवेश गर्नुभएको हो ।

सदरमुकाम चरिकोटस्थि एमालेको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा मओवादीबाट आयुष नेपाली र जसपा सचिव विपिन लावट एमालेमा प्रवेश गर्नुभयो । उहाँहरुले नेकपा एमाले दोलखाका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धर लगायतले पार्टी प्रवेश गराउनु भएको हो ।

यस्तै नेपाली कांग्रेस जिरी नगरपालिका वडा नम्बर एक श्यामाका सभापति खुसबहादुर कार्की नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । विगत ४४ वर्षदेखि निरन्तर कांग्रेसमा रहेर जनताको सेवा गरेको कार्की आजबाट नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । जनयुद्धमा ताका श्यामामा एक जना पनि नेपाली कांग्रेस कार्यकर्ता नहुँदा आफुले पार्टी सम्हालेको भएपनि अहिले सम्म पार्टीले कुनै अवसर नदिएको उहाँको गुनासो थियो ।

नेपाली कांग्रेसले पार्टीका पुरानो नेतालाई भन्दा हिजोआजका नयाँ कार्यकर्ताहरुलाई अवसर दिइएको भन्दै उहाँले अहिले पार्टी निरंकुशतर्फ गईरहेको उहाँको भनाई छ । आजबाट नेपाली कांग्रेस पार्टी पारित्याग गर्नुभएका कार्कीले नेकपा एमालेबाट उठेका उम्मेदवारलाई जिताउन कटिबद्द रुपमा लाग्ने र अबको जिवन एमालेमै रहेर बिताउने प्रतिबद्दता व्यक्त गर्नुभयो ।