महोत्तरी, २१ कात्तिक । मंसिर –४ नजिकिदैं गर्दा महोत्तरी –१ मा चुनावी माहोल तात्न थालेको छ । चुनावी माहोल तात्दै जाँदा उम्मेदवारहरू व्यक्तिगत आरोप प्रत्यारोपमा ओर्लिएका छन् । महोत्तरी–१ मा यसको सुरुवात माओवादीले गरेको छ ।
माओवादीका पदाधिकारीसमेत रहेका सो क्षेत्रका उम्मेदवार गिरिराजमणि पोखरेलले एमाले उम्मेदवारमाथि झूठा र कल्पित आरोप लगाउँदै आरोपप्रत्यारोपको सुरुवात गर्नुभएको हो । पाखेरलले एमाले उम्मेदवार लक्ष्मी महतोलाई अराजक, र अपराधिक पृष्ठभूमिबाट आएको भन्दै निर्वाचन आचारसंहिताको वास्तै नगरी व्यक्तिगत आरोप लगाउनु भएको छ । जबकी पोखरेलको पार्टी सम्मिलित सरकारले महतोलाई जनसेवाश्री पदकका लागि घोषणा गरेको छ । ‘सत्ता गठबन्धनमा हुन्जेल महतो राष्ट्रपतिबाट मान पदवी पाउन योग्य थिए, अहिले उनै अपराधिक पृष्ठभूमिका कसरी भए ?’ एक स्थानीयले आझोस पोख्नुभयोे ।
माओवादी निकटका पत्रकार तथा कार्यकर्ताले महतोले जिते पनि संसदमा प्रवेश नपाउने हल्ला चलाएका छन् । कारण उहाँलाई मधेस आन्दोलनका क्रममा भएको सशस्त्त प्रहरीका थमन विक हत्याको अभियोग मुद्दा अदालतमा विचाराधिन रहेको बताइएको छ । जबकी एउटै मुद्दामा मुछिएका जलेश्वरका राम शंकर तिवारी २०७४ कै निर्वाचनमा जलेश्वरको मेयर भइसक्नु भएको छ भने अर्का अभिराम शर्मा मधेस प्रदेशको मन्त्री भइसक्नु भएको छ । ‘यी उदाहरण हुँदा हुँदै हत्याकै अभियोग र मानवअधिकारवादीहरूको विरोधका वावजुद् अग्नि सापकोटालाई सभामुख बनाउने यीनै गिरिराजमणि वा उनको पार्टी माओवादी होइन ?’ एमाले जिल्ला कमिटी सदस्य रामहरि खतिवडाले भन्नुभयो ‘पाँच हजार मान्छे मारेको जिम्मा म लिन्छु भन्ने अध्यक्ष रहेको पार्टीका कार्यकर्तालाई महतोलाई बदनाम गर्न लज्जावोध हुनु पर्ने हो ।’
अर्का एमाले नेता गुञ्ज खडका भन्नुहुन्छ ‘व्यक्तिगत रूपमा गिरिराजमणि शालिन नेताकारूपमा चिनिन्थे तर, अलि स्वभाव विपरित भएको छ । तीन पटकको विजेताले पहिलो पटक पराजय सम्मुख देख्दा छटपटी हुनु स्वभाविक हो ।’ तर, उहाँ अझै गलतमा हुनुहुन्छ उहाँको दोश्रो हुने प्रतिस्पर्धा हो यसपटक, त्यसका लागि उहाँले स्वतन्त्र उम्मेदवार पोषण थापालाई उछिन्नु पर्ने खडकाको बुझाई छ ।













प्रतिक्रिया दिनुहोस्