जनता टाइम्स

२२ कार्तिक २०७९, मंगलवार १८:०५

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि कमी


काठमाडौं, २२ कात्तिक । नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ । आज २.५७ अंकले सेयर बजार ओरालो लागेको हो । आज २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।

२७४ कम्पनीको कारोबार हुँदा ५८ कम्पनीमा वृद्धि भएको छ । आज ११४ कम्पनी घाटामा गएका र १४ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । आज लाइफ इन्स्युरेन्स ५५.९०, गुराँस लघुवित्त वित्तीय संस्था ३४.४० अंकले वृद्धि भएको र शिवम सिमेन्टको आठ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाको सेयर कारोबार भएको छ ।

सिटिजन बैंक इन्टरनेसनलमा भने ६ करोड ५८ लाख ५२ हजार ३०५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज फाइनान्स ४.६५, निर्जीवन बिमा २३.४, जीवन बिमा ९३.६१ अंकले बढेको छ ।