जनता टाइम्स

२३ कार्तिक २०७९, बुधबार १२:४०

तोलामा सुनको मूल्य १४०० रुपैयाँले बढ्यो, कति छ आजको भाउ ?


काठमाडौं, २३ कात्तिक । सुनको मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबारको तुलनामा हिजो सुन प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।