काठमाडौं, मंसिर २६ । चुनावको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमाले र सत्ता गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उममेदवार तथा राजनीतिक दलहरुले अभियान अघि बढाइरहँदा यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका कृष्णबहादुर राई र कांग्रेसका सन्तोष चालिसेबीच प्रतिस्पर्धा हुने देखिएको हो ।
काठमाडौं ३ मा नेकपा गठबन्धनमै लफडा देखिएको छ । यस निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद बजगाइँको पनि उम्मेदवारी परेको छ । गठबन्धनमा कांग्रेसको उम्मेदवार बनाउने सहमति विपरीत माओवादीका बजगाइँको उम्मेदवारी परेपछि माओवादीले प्रतिनिधि सभा सदस्यमा आफ्ना उम्मेदवार उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । तर बजगाइँले आफ्नो उम्मेदवारीका विषयमा कुनै औपचारिक जानकारी गराउनु भएको छैन । काठमाडौं ३ मा राई, चालिसे र बजगाइँसँगै २२ जना उम्मेदवार हुनुहुन्छ । जसमध्ये ८ जना स्वतन्त्र उम्मेदवार छन् ।
काठमाडौं ३ मा एमालेका राई, कांग्रेसका चालिसे र माओवादीका बजगाँईंसँगै जसपाका मोहनकुमार बिश्वकर्मा, राप्रपाका गणेश गिरी, नेमकिपाका बिशोक डंगोल, लोसपाका मोहनबहादुर बस्नेत, जनमत पार्टीका गोबिन्द नेपाल, मौलिक नरोकिलोका समिना न्यौपाने, हाम्रो नेपाली पार्टीका द्धारिका अधिकारी, मंगोल अर्गानाइजेशनका कृष्णकाजी श्रैष्ठ, संघीय लोकतान्त्रिक पार्टीका नुर्पु गेन्जन शेर्पा, सामाजिक लोकतान्त्रिक पार्टीका रक्षकुमार राई उम्मेदवार हुनुहुन्छ । यसैगरी आमुल परिवर्तन मसिहा पार्टीका नेत्रबहादुर तामाङ र राष्ट्रय स्वतन्त्र पार्टीका दुर्गाीबक्रम थापा क्षेत्री हुनुहुन्छ ।
यस निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रुपमा केदारनाथ मिश्र, दिनेश खनाल, कबिता बिष्ट सुनार, राजेश बिष्ट, बिन्दु मगर, श्रीकृष्ण ज्योती, जगन्नाथ देवकोटा र निरञ्जन पुडासैनी मैदानमा हुनुहुन्छ । माओवादीसहितको गठबन्धन भएपनि बजगाइँले व्यक्तिगत उम्मेदवारी दिँदा गठबन्धनको आधिकारीक उम्मेदवार चालिसे भन्दै विज्ञप्तिनै निकालेको छ । तर माओवादी मतदाता भने बजगाईंतिरै लागेका छन ।
२०७४ सालको निर्वाचनमा एमालेका राई १९ हजार १६९ मत ल्याएर विजयी हुनुभएको थियो । राईका प्रतिस्पर्धी कांग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ मत ल्याउनु भएको थियो । यस्तै तेस्रो दल विवेकशील साझा बनेको थियो । यस्तै २०७० मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार रामेश्वर फुयाल निर्वाचित हुनुभएको थियो ।
एमाले पोलिटव्यूरो सदस्य राई यस क्षेत्रमा निकै लोकप्रिय छन । काठमाडौं पार्टीको नेतृत्व सम्हालिसक्नु भएका राई दोस्रो पटक पनि जित्ने योजनाका साथ मतदातामाझ प्रचारमा होमिनु भएको छ । सवैसँघ सहजै घुलमिल हुन सक्ने राईप्रति मतदाता पनि दिनानु दिन आकर्षित बनेका छन । यस्तै कांग्रेसका चालिसे गोकर्णेश्वर नगरपालीकाका पूर्व मेयर हुनुहुन्छ । कांग्रेस उम्मेदवार चालिसे पार्टीका क्षेत्रीय सभापति समेत हुनुहुन्छ ।
काठमाडौं क्षेत्र नम्बर ३ मा ५८ हजार ८८९ मतदाता रहेका छन । २०७४ सालको निर्वाचनमा ५३ हजार ८२४ मतदाता रहेको यो क्षेत्रमा अहिले ५ हजार ६५ मतदाता थपिएका छन् । यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको वडा नम्बर ५ र ६ पर्छन । ५ नम्बर वडा हाडींगाउँ र ६ वौद्ध क्षेत्र हो । यस्तै, गोकर्णेश्वर नगरपालिकाको १ देखि ९ नम्बर वडा पर्छ । कागेश्वरी मनोहरा नगरपालिकाकाको १, २ र ३ नम्बर वडा यही निर्वाचन क्षेत्रमा पर्छ ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौं ५ को वडाध्यक्षमा एमाले ६ को वडाध्यक्षमा कांग्रेस विजयी भएको थियो । गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो । गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १,२, ३ को वडाध्यक्षमा एमाले, ४ मा स्वतन्त्र, ५ मा कांग्रेस, ६, ७ मा एमाले, ८ र ९ मा कांग्रेस विजयी भएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो । कागेश्वरी मनोहरा नगरपालिकाको ४ मा एमाले, ५ मा कांग्रेस, ६ मा नेकपा एकीकृत समाजवादी, ७, ८ र ९ को वडाध्यक्षमा कांग्रेस विजयी भएको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामलाई नियाल्दा यो निर्वाचन क्षेत्रको पहिलो दल कांग्रेस देखिन्छ । कांग्रेसले १६ हजार ६६० मत ल्याएको छ भने दोस्रो दल एमालेले १५ हजार ७६५ मत प्राप्त गरेको छ ।
यस्तै, माओवादी केन्द्रले १ हजार ७३०, राप्रपाले १ हजार ५२६, नेकपा एकीकृत समाजवादीले एक हजार ५६ मत ल्याएको थियो । चुनावको बेला नेकपा एसतिर लागेका नेताहरु अहिले एमालेतिर आइसकेका छन । यसकारण पनि स्थानीय तहमा नेकपा एकीकृत समाजवादीले पाएको आधाभन्दा बढी मत एमालेतिरै रहेको देखिएको छ । केही दिनयता मतदाताको मानसिकता बुझ्दा यो निर्वाचन क्षेत्रमा हारजीतमा स्वतन्त्र उम्मेदवारले काटने मतले निर्धारण गर्ने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्