जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार ११:५८

रहेनन ‘मुसुमुसु हासिदेउँ न लैलै’ का गायक नोर्देन


काठमाडौं, साउन २१

चर्चित गीत ‘मुसुमुसु हासिदेउँ न लैलै’ तथा हिमालयन ब्याण्डका संस्थापक गायक, संगीतकार तथा गीतकार नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ। सन् १९५० मा भारतको खर्स्याङमा जन्मिएका भुटियाको ६९ वर्षको उमेरमा सोमबार लन्डनमा निधन भएको हो ।

केहि वर्ष अगाडी घाँटीको क्यान्सर भएको थियो । उहाको चर्चित सो गीतलाई पछि बलिउडका गायक शानले पनि गाएका थिए । नोर्देन नेपाली श्रोतामाझ ‘गाजलुले आँखै छोप्ने के राम्री मेरी मायालु’ बोलको गीतबाट चर्चित बन्नु भएको थियो । उहाका धेरै गितहरु चर्चित रहेका छन् ।

सन् १९७१ मा बेलायती सैनिक सेवामा प्रवेश गरेका नोर्देनले हङकङमा सन् १९७२\७३ तीर साथीहरूसँग मिलेर हिमालयन ब्याण्डको स्थापना गर्नुभएको थियो । त्यसका लागि चाहिने बाजाहरू उनीहरूले अरूले प्रयोग गरिसकेर बिक्रीमा राखेका बाजाहरू किनिएको थियो।