हेटौँडा, २९ कात्तिक । चुनावलाई लक्षित गर्दै सत्तागठबन्धनले हेटौंडामा रात्रिभोजसहितको कार्यक्रमको आयोजना गरेको छ । गठबन्धननिकट नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुर, नेपाल उद्योग व्यापार महासंघ मकवानपुर तथा राष्ट्रिय व्यापार संगठन मकवानपुरको आयोजनामा भोली रात्रिभोज आयोजना गरेको हो ।
कार्यक्रममा कांग्रेसनिकटका अर्थविद् डा. स्वर्णिम वाग्ले तथा गठवन्धनका उम्मेदवारहरू सहभागी हुने आयोजकले बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सदनमा कार्यक्रम राखिएको छ । कुनैपनि भोज भतेरमा मतदातालाई प्रभावित पार्नेगरी उम्मेदवारहरू उपस्थित हुन नहुने प्रावधानविपरीत गठबन्धनले रात्रिभोजको निम्तो बाँडेको भन्दै आलोचना हुन थालेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले चुनावको मुखमा उम्मेदवार राखेर रात्रिभोज गर्न नपाइने बताउनुभयो । आफूहरूलाई यो कार्यक्रमको विषयमा जानकारी नभएको भन्दै थप बुझ्ने बताउनुभयो । कार्यक्रमको लागि अनुमति पनि नमागिएको पाण्डेले प्रष्ट्याउनुभयो ।













प्रतिक्रिया दिनुहोस्