जनता टाइम्स

१ मंसिर २०७९, बिहीबार १७:०९

बैंकलाई कदापी संकटमा जान नदिने पोलिसि आएका छन् : गभर्नर महाप्रसाद अधिकारी


काठमाडौं, १ मंसिर । नेपालमा बैंकिङ्ग प्रणालीको सुरुवात नेपाल बैंकले सुरु गर्यो । विशेष ऐन मार्फत यसको स्थापना भयो । कार्तिक ३० अर्थात नेपाल बैंक स्थापना भएको दिनलाई किन बैंकिङ्ग दिन नमान्ने भन्ने कुरा आएको छ । यसमा राष्ट्र बैंक पुर्णतया सकरात्मक छ। राष्ट्र बैंकले नेपाल बैंक स्थापनाको दिनलाई बैंकिङ्ग दिवसको रुपमा मनाउने व्यवस्थाको लागि गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न तयार छ।

बैंकिङ्गको क्षेत्रमा नेपाल बैंक अत्यान्तै गर्व गर्न लायक बैंक हो। किनभने यो बैंकबाट हजार र लाख ऋण लिएर व्यावसाय सुरु गरेका व्यावसायले निर्यात गरेर देशमा डलर भित्राएका छन्। देशवासीलाई उपभोग्य वस्तु प्रवाह गरेका छन्। यतिमात्रै नभई अहिले सोही व्यावसायी अर्वपति भएका छन्। यो भन्दा गर्व गर्न लायक कुरा बैंकिङ्ग क्षेत्रका लागि हुनै सक्दैन।

यसको मतलब हामीबाट रकम लगेर व्यावसायी अरबको मालिक भए भनि सबै श्रेय बैंकले लिन खोजेको हैन। उहाँहरुको आफ्नै लगाव तथा देन छ। जस्तो कतिपय त्यस्ता कर्जाहरुपनि हामीबाटै प्रवाह भएका छन्। जसको ब्याज पाउन पनि बैंक आफैले धेरै दुख गर्नुपर्छ। यद्यपी नेपाल बैंकबाट कर्जा लिएका पुराना व्यावसायीहरु प्राय अहिले सफल व्यावसायी मै कहलिनु हुन्छ।

यसरी सेवामुखि व्यावसायीक यात्रा गर्दै यहाँसम्म आउँदा बैंकले धेरै त्यस्ता कुराहरु गरेछ । जसको लागि बधाई तथा धन्यवाद दिनु पर्छ। त्यो हो, संस्थाको दिगोपनको लागि पहल। विगतमा नेपाल बैंकको सञ्चालकसँग कर्मचारी संगठनहरु केही रुष्ट भएको पाईएको थियो । अहिले त्यसको सम्बोधन भएको रहेछ। कर्मचारी सन्तुष्टि हुनु अर्थात खुसि हुनु भनेको संस्था दिर्घकालिन रुपमा बलियो हुने प्रमुख आधार हो ।

यसरी नै ऋण देखि डिपोजिटरसम्मका कुराहरुलाई एड्रेस गर्नुस्, पहिलै एउटा इतिहास बोकेको नेपाल बैंकले अर्को इतिहासको इटा थप्ने छ। हामीले हिजोको दिनमा बाह्य म्यानेजमेन्ट समेत हायर गर्नुपरेको थियो। धेरै चुनौति थिए। त्यसपश्चात पनि तरलता अभाव हुँदा बैंकले दुईचार करोड पनि कर्जा प्रवाह गर्न नसकेको अवस्थाबाट गुज्रिएका थियौँ।

त्यो परिस्थितिपनि व्यवस्थापन गरेको संस्था हो नेपाल बैंक। त्यसकारण म के विश्वस्त बनाउन चाहन्छु भने, नेपाल राष्ट्र बैंकले अहिले ल्याएका पोलिसिले तपाईहरुलाई त्यस्तो अवस्था आउन दिँदैन। कसैले गालि गर्नुहुन्छ, सिडि यति यस्तो यति भनेर तर हाम्रो नितिले बैंक त्यो स्थितिमा पुग्दैनन। त्यस्तो अवस्था आउन नदिने पोलिसिहरु आइसकेका छन्।

एकछिन समग्र अर्थतन्त्रको बारेमा कुरा गर्छु,

आजै मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनाको वित्तीय विवरण सार्वजनीक गरेको छ। अर्थात, वर्तमान आर्थिक स्थिति सार्वजनीक गरेको छ। हामी गत साल भरी नै धेरै तनावपुर्ण आर्थिक अवस्थामा रह्यौँ। तलरला अभाव लगायतका कारणले गर्दा वास्तविक÷साधरण (जेन्युन) मागलाई पनि पुर्ति गर्न नसकेको अवस्था रह्यो। केही समय अगाडी हामीले सार्वजनीक गरेको वित्तीय तथ्यांकमा मुद्रास्फिति साढे आठ प्रतिशत छ, औषतमा।

त्यसैगरी आयात तीन महिनामा गत वर्षको तुलनामा केही घटेको देख्न सकिन्छ। यसो त साथै निर्यात पनि घटेको छ। बाह्य क्षेत्रमा पनि केही पिडाजनक स्थिति थियो, यो तीन महिनाको तथ्यांक आउँदा अलिक उत्साहित देखिएको छ। अहिले विदेशि मुद्रा सञ्चिति पनि करिब १२ अर्ब वरपर छ जुन करिब १४ महिना पछाडी सन्तुलनको लयमा देखिएको हो।

हामीले बिचमा धेरै अप्रिय किसिमका पोलिसिगत निर्णयहरु पनि लियौँ। यति सम्मकी आयात नै बन्द गर्ने सम्मका। यो सबै किन गरियो भन्दा समग्र अर्थतन्त्रलाई स्थायित्व दिने अस्त्र थियो। अर्थतन्त्रको बाटो नै विग्रयो भने त्यो भित्र बसेर काम गर्ने हामी सबैलाई कुनै न कुनै किसिमको असर पर्छ, त्यो असर थप जटिल हुन्छ भनेर हामीले अप्रिय निर्णय लियौँ। यसलाई अप्रिय भन्नु भन्दा पनि अलिकति कडा, असहज र इस्ट्रेन्जेज किसिमका नीति लिएका थियौ।

हामी पोलिसिको लागि पहिले देखि नै बाह्य आर्थिक गतिविधिमा अपडेट हुँदै गयौँ र सोही किसिमका पोलिसिहरु ल्यायौँ। गत फ्रेबुअरीदेखि लिएका यस्ता निर्णयले काम अपेक्षा अनुसार गरेको पाईयो। अहिलेको रिजल्ट त्यसैको प्रतिफल हो। आशा गरौँ व्यावसायीक समुदाय देखि कर्मचारी साथिहरुबाट सहयोग मिल्ने छ, सबै मिलेर अर्थतन्त्रलाई सहि गतिमा ल्याउने छौँ।