पोखरा, १ मंसिर । कास्कीको पोखरा महानगरपालिका ३१ का कांग्रेस सभापतिसहित ५० जना एमाले प्रवेश गर्नुभएको छ । उक्त वडाको पार्टी सभापति महेश पौडेल चुनावको मुखैमा बिहीबार नेकपा एमाले प्रवेश गर्नुभएको हो ।
पौडेलसहित कांग्रेसनिकट तरुण दल जिल्ला सदस्य तथा बेगनास क्लबका पूर्वअध्यक्ष समाजसेवी राम रानाभाट र माओवादी केन्द्र निकट वाइसिएल पोखरा–३१ का अध्यक्ष हरि नेपाली पनि एमाले प्रवेश गर्नुभएको छ ।
यी ३ जनासहित विभिन्न पार्टीका ५० जनालाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेलगायतले स्वागत गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्