जनता टाइम्स

५ मंसिर २०७९, सोमबार २०:२०

प्रचण्डका बुहारी र ज्वाइँ दुवैको क्षेत्रमा एमालेको अग्रता


काठमाडौं, ५ मंसिर । देशभर मतगणको प्रारम्भिक रुझान आइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारका दुवै सदस्य पछाडि पर्नुभएको छ ।

प्रचण्डका ज्वाइँ जीवन आचार्य मोरङ क्षेत्र नम्बर ६ को प्रदेश सभा क्षेत्र १ मा गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ भने बुहारी बिना कञ्चनपुर १ बाट प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्छ ।

पछिल्लो गणना अनुसार कञ्चनपुर १ मा एमालेका तारा लामा तामाङले ५०३ मतको अग्रता लिँदा विना मगर १४५ मतले पछ्याइरहनुभएको छ । उहाँ यसअघि सोही क्षेत्रबाट एमालेको समर्थनमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै ज्वाइँ जीवन आचार्य पनि एमालेकी रिता न्यौपानेसँग पछि पर्नुभएको छ । न्यौपानेले ५८८ मत पाउँदा जीवनले ५११ मत पाउनुभएको छ। जीवन २०७४ मा पनि सोही क्षेत्रमा पराजित हुनुभएका थियो ।