जनता टाइम्स

५ मंसिर २०७९, सोमबार २१:२७

ललितपुर २ – एमालेका महर्जनलाई ५ हजार बढीको अग्रता, चौथो स्थानमा गठबन्धन


काठमाडौं, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता अझ फराकिलो बन्दै गएको छ । एमालेका उम्मेदवार प्रेम महर्जन ५ हजारभन्दा बढीको मतान्तरले अगाडि हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार एमालेका महर्जनले १४ हजार ७६२ मतका साथ अग्रता लिइरहँदा लौरो अभियानका सुबिन शाक्यको ९ हजार ६२१ मत रहेको छ ।

तेस्रो स्थानमा घण्टीका उम्मेदवार हिरालाल महर्जनको ७ हजार ७७७ मत रहेको छ भने गठबन्धनबाट नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जन ७ हजार ५६२ मतसहित चौथो स्थानमा हुनुहुन्छ । गठबन्धनमा माओवादीको भागमा परेका ललितपुर ३,झापा २,काठमाडौं ७ मा भइरहेको मतगणनामा तीनै ठाउँमा माओवादीका उम्मेदवार पछि परेका छन् ।