लमजुङ, ६ मंसिर ।मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
उहॅाले निकटतम् प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङलाई झिनो मतले पराजित गर्नुभएको हो । कांग्रेसका गुरुङले २ हजार ५ सय ७७ मत पाउँदा एमालेका गुरुङले २ हजार २ सय ४७ मत पाएका छन् ।
विजयी हुनुभएको गुरुङ मनाङबाट दोस्रोपटक निर्वाचित हुनुभएको हो। ०७० मा संविधानसभा सदस्य बन्नुभएको उहॅा श्रम तथा रोजगार राज्यमन्त्रीसमेत हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्