जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार ०५:४८

बैतडीमा एमालेका भण्डारीको अग्रता


बैतडी, ६ मंसिर । बैतडी प्रतिनिधिसभातर्फको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ । १ हजार ६ सय ५२ मत गणना हुँदा नेकपा एमालेका दामोदर भण्डारीले ८ सय ८८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुवर (विजय सुन्दुर)ले ५ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

बैतडीको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ । प्रदेश सभा (क) तर्फ स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले अग्रता कायम गर्नुभएको छ । ६ सय ५० मत गणना हुँदा भण्डारीले २ सय २६ मत प्राप्त गर्दा एमालेका सुरेन्द्र पालले १सय ८७ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका बीरबहादुर बिष्टले १ सय ४७ तथा नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्टले ३४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी प्रदेश सभा (ख) तर्फ एमालेले सुरुवाती अग्रता लिएको छ । १०८२ मत गणना हुदाँ एमालेका लिलाधर भट्टले ६ सय ९ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले ३ सय ९९ मत प्राप्त गर्नुभएको छ ।