जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार ०६:१४

काठमाडौं १ मा प्रकाशमान विजयी, रवीन्द्र मिश्रको १२९ मतले हार


काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बरमा १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी हुनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२९ मतले पराजित गर्दै सिंह विजयी हुनुभएको हो।

सिंहले ७ हजार १४० मत प्राप्त गर्दा मिश्र ७ हजार ११ मतमा रोकिनु भएको हो ।