जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार ०६:४२

उदयपुर–२ मा एमालेका रायमाझीको अग्रता


उदयपुर, ६ मंसिर ।  उदयपुरको निर्बाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले अग्रता लिनुभएको छ । उहाँले ५०९४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाले ४३२१ मतका साथ पछयाई रहनुभएको छ ।

त्यसगरी स्वतन्त्र उम्मेदवार रामकुमार राईले ३२०२ मत पाउनुभएको छ । अहिलेसम्म १४६४२ मत गणना भई सकेको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ ४५ हजार २०३ मत खसेको छ ।