जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १३:४०

काठमाडौं-८(क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी


काठमाडौं, मंसिर ६ । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी हुनुभएको छ ।

लौरो चुनाव चिन्हबाट निर्वाचन लडनु भएका प्रदेशसभा उम्मेदवार बज्राचार्यले ५ हजार ४६२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार ३ हजार ७११ मत प्राप्त गर्नुभयो ।

सो निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारले ३ हजार ६ सय ७० मत ल्याएका छन्।