काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित हुनुभएको छ।
अन्तिम मत परिणामअनुसार पौडेलले १५२४३ मतसहित विजय हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०२१० मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगले विजयको घोषणा गर्ने तयारी गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्