जनता टाइम्स

७ मंसिर २०७९, बुधबार ०७:१९

काठमाडौं २ बाट रास्वपाकी सोबिता गौतम बिजयी, सत्ता गठबन्धनकी ओनसरी घर्ती चौथो स्थानमा


काठमाडौँ, मंसिर ७ । काठमाडौँ क्षेत्र नं २ बाट राष्ट्यि स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतम विजयी हुनुभएको छ । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत प्राप्त गरी गौतम बिजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाउनु भएको छ ।

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।