जनता टाइम्स

७ मंसिर २०७९, बुधबार ०८:०८

कास्की-२ को क बाट एमालेका भीम कार्की बिजयी


पोखरा, मंसिर ७ । कास्की २ (क) बाट नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की बिजयी हुनुभएको छ । कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।

यसअघि मतगणना सुरु भएको एक दिनसम्म लगातार अग्रता लिनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीलाई पछि पार्दै कार्की बिजयी हुनुभएको हो ।

भण्डारीले कुल ५ हजार ८ सय ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० मत पाएर तेस्रोमा चित्त बुझाउनु परेको छ ।