वीरगन्ज, मंसिर ७ । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गर्नुभएको हो ।
रिजालले ३१ हजार १ सय ४२ मत ल्याउनु भएको छ भने मियाँले २५ हजार ६ सय १९ मत पाउनु भएको छ । जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका मियाँ गत मंसिरमा नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्